"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश, यी स्थानहरुमा चट्याङ्ग र हावाहुरी बर्षाको संभावना

काठमाडौं । हाल नेपालको पूर्वी भू–भागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य बाँकी भू–भाग मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको कारण देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार भने देशको पहाडी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही अपरान्हपछि पश्चिमी र पूर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७७ वैशाख १८ गते बिहीवार ०८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु