"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

About Us

उपभोक्ता नेपाल डट कम कन्जुमर आई नेपाल द्वारा प्रकाशित र प्रर्वद्धित अनलाइन पत्रिका हो । आमसञ्चार क्षेत्रबाट उपभोक्ताका हक र अधिकार साथै दिगो सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मान्यतका साथ हामीले यो अनलाइन पत्रिका सञ्चालनमा ल्याएका हौं । समाचारका सवैजसो विषयमा सरोकार राख्दै देशकै हितमा लाग्ने हाम्रो प्रण रहेको छ । यसमा तपाईको रचनात्मक सुझाव, सल्लाह र साथ सहयोग निरन्तर रहने अपेक्षा गर्दै https://www.upabhoktanepal.com/ मा तपाईलाई हार्दिक स्वागत छ ।
वर्तमान समय सुचना र सञ्चारको समय हो । नागरिकका हक र अधिकारहरुको कार्यान्यनका लागि सुचना , सञ्चार र प्रविधियुक्त यो समय झन महत्वपुर्ण छ । विश्वव्यापी मान्यता अनुसार, मानव अधिकारको आधारभुत अधिकार भित्र एक अभिन्न अंगको रुपमा उपभोक्ता अधिकार पनि हो भन्ने मान्यतालाई उपभोक्ता नेपालले आत्मसात गर्दछ । यहिँ मान्यताको ध्येयलाई मध्यनजर गर्दै आम उपभोक्ताका हक र अधिकारको पुर्ण कार्यान्यनका लागि सुचना र सञ्चारका माध्यमबाट सचेतनामुलक कार्यको सुरुवात सगै हामि हजुरहरु समक्ष उपभोक्ता नेपालको नामाकरण संगै आयौँ ।
उपभोक्ता नेपाल एक सक्षम र क्रियाशिल समुह हो जहाँ समाजमा भएका अनियमितता र अनुचित कार्यको निरन्तर अनुसन्धान र अनुगमन गरि सम्वन्धीत निकायमा खवरदारी गर्न पहल गर्दछ । मुख्यत, हामि उपभोक्ता सम्बन्धी समसामयीक समाचार, अनुगमन र खोजमुलक समाचार लेख, विचार नागरिकका प्रतक्ष्य सरोकार राख्ने विषयहरु अर्थ, जिवनशैली साथै स्वाथ्यका समाचार र सुचनाहरुलाई पत्रकारीताको आयमबाट उचित र यर्थाथ ढंगबाट प्रस्तुत गर्नेछौ ।
नेपाल सरकारको प्रशासनिक संरचनालाई पनि सिरोधार्य गर्दै सातै प्रदेशका उपभोक्ता संग छलफल र सहकार्य गर्दै सम्वन्धीत विषयहरुको पनि उठान गरि उपभोक्ताले गुणस्तरीय बस्तु तथा सेवाको उपभोग गर्न पाउने हक र अधिकारको सुनिश्चिताका लागी प्रतिबद्ध रहेर समाचारहरु सम्प्रेषण गर्ने हाम्रो प्रण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्